Samajik Feed – News Portal from Nepal

३२ जेठ, जनकपुर । निरन्तर सात कारोबार दिनदेखि उकालो लागेका नेप्से बढेपछि लगानीकर्ताहरुले नाफा सुरक्षित गरेपछि नेप्सेमा इन्ट्रा डे करेक्सन भएको हो। आजको कारोवार समय अधिकांश नकारात्मक रहे पनि अन्तिमा नेप्से बढेर बन्द भएको हो ।

बिहीबार सेयर बजारमा ०.२५ प्रतिशतको वृद्धि हुँदा कारोबार रकम भने मंगलबार र बुधबारको तुलनामा घटेको छ । बिहीबार २७० धितोपत्रको ५२ हजार ८१४ वटा कारोबारबाट ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँको भएको छ ।

नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७० स्टकको ५२ हजार ८१४ पटकको कारोबारमा ३ अर्ब १६ करोड २८ लाख रुपैयाँ बराबरको ७८ लाख ९६ हजार कित्ता शेयर कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!