१३ असोज, जनकपुरधाम। आज दशैंको चौथो दिन अर्थात् नवदुर्गा भवानीको चौथो रूप “कुष्माण्डा देवी” को पूजा गरिने दिन हो। यो मनमोहक दृश्य मधेश प्रदेशको सम्भावनाको सहर बिरगंजको गहवामाई मन्दिरको रहेको छ। बिरगंजबासीहरुले बडो हर्षउल्लाशका साथ दशैं मनाउने गर्द छन्। बीरगंजको दशैंको मुख्य केन्द्रबिन्दुनै गहवामाईको मन्दिर रहेको छ। गहवामाईको दर्शनका लागि भारतबाट समेत श्रद्धालुहरु आउने गर्दछन्।
