सामजिक फीड-
जनकपुरधाम, जेठ २७ गते ।
धनुषामा दम्पतिमाथि खुकुरी प्रहार भएको छ । धनुषाको मिथिला विहारी नगरपालिका ६ सिरसिया बस्ने ३५ वर्षीय दिनकर यादव र उनी श्रीमती ३० वर्षीया ममता यादवमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ ७ बजे घरमै भएको खुकुरी प्रहारबाट दुबैजना घाइते भएका छन् ।
श्रीमान दिनकरको घाँटी पछाडि काटिएको छ भने श्रीमती ममताको बायाँ गालामा खत परेको छ ।
दुबैजनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । स्थानीय सिताशरण यादवका अनुसार साँझ ७ बजे घरमै बसिरहेका दम्पतिमाथि खुकुरी प्रहार भएको हो ।
स्थानीय ६५ वर्षीय लट्टु यादवले अचानक दुबैजनामाथि खुकुरी प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । लट्टु मानसिक सन्तुलन ठीक नभएको मान्छे रहेको स्थानीयको भनाइ छ ।