Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, जेठ २७ गते ।

धनुषाको इलाका प्रहरी कार्यालय सखुव ा महेन्द्रनगरको हिरासत फोडेर फरार भएका एक थुनुवा पाँच महिनापछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयाका २५ वर्षीय रोशन यादव छन् ।
उनलाई विशेष सुचनाको अधारमा आज बिहान साढे १० बजे भारत बिहारको सितामढी जिल्लाबाट दिदीको घर महोतरी औरही बजार आउँदै गरेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । उनी शान्ति विरुद्धको अपराध मुद्दा शिर्षकमा पक्राउ परी थुनामा थिए ।

माघ १५ गते राति हिरासत फोडेर यादवसहित ६ थुनुवा फरार भएका थिए । जसमध्ये पाँचजनालाई यसअघि नै प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरिसकेको छ ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *