सामजिक फीड-
जनकपुरधाम, जेठ २६ गते ।
अत्यधिक गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले थप ३ दिन विद्यालय बन्द गर्ने घोषणा गरेको छ । गर्मी बढेपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर पहिलो पटक गत जेठ १९ गतेदेखि २६ गतेसम्म सामुदायिक तथा नीजि विद्यालयमा विदा घोणा गरेको थियो ।
तर गर्मी नघटेपछि थप ३ दिन बिदा दिने निर्णय भएको शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख अन्जु पाण्डेले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
वर्षे बिदाबाट कट्टा हुनेगरी नगरभित्रको सामुदायिक तथा संस्थागत विद्यालयमा पठन पाठन बन्द गरिएकोमा पुनः बुधबारदेखि कक्षा सञ्चालन हुने पाण्डेले जानकारी दिइन् ।