सामजिक फीड-
जनकपुरधाम, जेठ २४ गते ।
साइकल चोरी आरोपमा तीनदिन अघि मात्रै छुटेका एक युवक जनकपुरबाट मोटरसाइकल चोरेर भाग्दै गर्दा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ३ का ३६ वर्षीय देबेन्द्र मण्डल रहेको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।
डिएसपी गौतमका अनुसार बुधबार साँझ पौने ६ बजेको समयमा रेल्वे स्टेशन तरकारी बजार नजिक स्थानीय अजय सिंहको ज. प ५८१४ नम्बरको मोटरसाइकल चोरी भएको थियो । चोरी गरी भाग्दै गरेको अवस्थामा मण्डललाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
मण्डल तीनदिन अघि मात्र साइकल चोरी आरोपमा साइकल चोरी आरोपमा धरौटीमा रिहा भएका थिए ।