काठमाडौँ, १६ जेठ । सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ४०० रुपैयाँले बढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार २ हजार ४०० रुपैयाँले बढेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।