एजेन्सी । भारतको जम्मुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
पञ्जावको अमृतसरबाट तीर्थ यात्री लिएर गएको बस मंगलबार बिहान जम्मुको जज्जर कोल्टी क्षेत्रको एउटा खोंचमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो ।
घटनामा डेढ दर्जन यात्रु घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । बसमा ७५ यात्रु रहेको जनाइएको छ । उनीहरू जम्मुस्थित माता बैष्णोदेवी मन्दिर दर्शनका लागि जाँदै थिए ।