पाकिस्तान । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसहित उनकी पत्नीसमेतलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको छ ।
तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीसहित पीटीआईका ८० नेताहरूलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको हो ।
पाकिस्तान सरकारले जारी गरेको ६०० जनाको नो फ्लाई लिस्ट सूचीमा उनीहरूको नाम समावेश छ । खानमाथि आतंकवाद ऐन अन्तर्गत १४० वटा मुद्दा लगाइएको छ ।