Samajik Feed – News Portal from Nepal

११ असोज, जनकपुरधाम। यी हुन् सर्लाही माधवपुर वार्ड नम्बर २ का अन्दाजी ४०-४५ वर्षीय फेकन दास। वहाँ अहिले महोत्तरीमा चटपटेको व्यापार गरी आफ्नो घर परिवार चलाउछन्।

हिन्दुहरुको महान पर्व विजयदशमी हिजो देखि सुरु भएको छ। हिजो पहिलो दिन अर्थात् घटस्थापनाको दिन थियो। फेकन दास दशैं आउने साथनै माता दुर्गाको भक्तिमा पुरै श्रद्धाका साथ लिन हुन्छन। उनि बिगत २ वर्ष देखि आफु भुइँमा सुति हातलाई माटो भित्र छोपी त्यसमा कलश स्थापना गर्ने गर्छन्। हातका साथै उनले आफ्नो छातीमा पनि माटो राखी छातीमा पनि कलशको स्थापना गर्ने गर्दछन्। यसपाली पनि उनले यो कठोर तपस्या गर्ने निर्णय गरेका छन्। हिजो घटस्थापना अर्थात् दशैंको पहिलो दिन देखि नै माता को भक्तिमा लिन भई तपस्या गर्दै छन्।

साचिकै भन्ने हो भने यो बडो कठोर तपस्या छ। उनि अब एकै चोटी दशैंको समाप्तिमा नै उनले आफ्नो तपस्या तोड्ने छन्। यो तपस्यामा उनले न त् केहि खाने छन् अनि न त् उनि पुरै दशैं भरी आफ्नो स्थान छोडी कहिँ हिलने छन |
स्थानीयहरु को अनुसार पछिल्लो वर्ष उनको हातमा किडा लागि पुरै हातनै लगभग खराब भएको थियो यधपी पनि वहाँको आस्था घटेको छैन।
हेर्दा बडो आस्चर्य लग्छ कि एउटा व्यक्ति साचिकै एस्तो भक्तिमा लिन कसरि हुन सक्छ तर यो यथार्थ कुरो हो , वहाँको भक्तिलाई नमन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *