Skip to main content

९ जेठ, जनकपुर । नेप्से परिसूचक ५१.३१ अंक अर्थात २.७१ प्रतिशत बढेर १९४२.६३ विन्दुमा पुगेको छ। यो २०८० सालकै उच्च विन्दु हो।

सेयर बजारमा सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि २.७१ प्रतिशतले वृद्धि भएको हो । उत्पादनमूलक उपसूचक सर्वाधिक ४.०५ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ४.०३ प्रतिशतले वृद्धि भएको छ ।

नेप्से बढेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन २७१ स्टकको ३८ हजार ७९६ पटकको कारोबारमा २ अर्ब २० करोड रुपैयाँ बराबरको ६० लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको कारोबार रकम करिब ३ महिना यताकै उच्च हो।

मंगलबार ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कालिका लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *