Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरमा, जेठ ३ गते ।

जनकपुरमा भ्रष्टाचारविरुद्ध नागरिक समाजले प्रदर्शन गरेका छन् । जनकपुरको जनकचोकमा दलीय भागवण्डा र भ्रष्टाचारविरुद्ध एक होऔं नारासहित नागरिक समाजका अगुवा लेखक रामरिझन यादवको नेतृत्वमा प्रदर्शन भएको हो ।

नक्कली भुटानी शरनार्थी भ्रष्टाचार काण्ड, वाइडबडी भ्रष्टाचार काण्ड, हुलाकी परियोजना घोटाला काण्ड, मधेश प्रदेश सरकाको साईकल वितरणमा भ्रष्टाचार काण्ड, स्वच्छता अभियानमा भएको भ्रष्टाचार काण्ड लेखिएको प्लेकार्डसहित नागरिक समाजले प्रदर्शन गरेका हुन् ।
पूर्व पत्रकार समेत रहेका यादवले आफ्ना देशका नागरिकलाई पैसाको लागि शरणार्थी बनाउने जस्ता निच स्तरको काण्डमा गृहमन्त्री जस्ता पदमा बसेका व्यक्तिबाट हुनु अकल्पनिय अक्षम्य अपराध भएको बताए ।

नक्कली शरनार्थी लगायतको अन्य सबै काण्डको स्वच्छ निष्पक्ष छानविन गरी दोषीहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्ने उनले माग गरे ।
ठूलो भ्रष्टाचार काण्ड सृंखलावद्ध रुपमा सार्वजनिक भइरहँदा मधेशको राजधानी जनकपुर लगायत मधेशका नागरिक समाज वुद्धिजिवी एकदिन एकछिनका लागि सडकमा नआउनु दुखद रहेको यादवको भनाइ छ । भ्रष्टाचारविरुद्ध सबै सचेत नागरिकले खबरदारी गर्नुपर्ने उनले बताए ।

प्रदर्शनमा नागरिक समाजका बालकेशर ठाकुर, विपती मण्डल, दिनदेश पूर्वे लगायतले हरेक भ्रष्टाचार काण्डका निष्पक्ष छानविन गरी दोषी जो कोही भएपनि उन्मुक्ति नदिन सरकारसंग माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!