सामाजिक फीड–
जनकपुरधाम, जेठ २ गते ।
महोत्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोनमा गाउँपालिका ७ जानकीनगर बस्ने उपेन्द्र सदाका ५ वर्षीय छोरा आसिक सदा रहेका छन् ।
सोमबार साँझ करिब ६ बजे बालक घर नजिकैको पोखरीमा डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरेका थिए । अवस्था सिकिस्त रहेका बालकलाई मोटरसाइकलमा राखेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालकको शव पोष्टमार्टमका लागि जलेश्वर प्रादेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।