Samajik Feed – News Portal from Nepal

१ जेठ, जनकपुर । नेप्सेमा निरन्तर चौथो दिन पनि ओरालो लागेको छ। गत बुधबार देखि ओरालो लागेको नेप्से आज ३.३४ अंकको सामान्य गिरावट भएको छ।

शेयर मार्केट साताको दोस्रो दिन ३.३४ अंक घटेर १८१८.३१ विन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.५७ अंक, फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंक घटेको छ।

विकास बैंक, वित्त कम्पनी, उत्पादनमुलक र लघुवित्त उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहितका अधिका‌ंश उपसूचक गिरावट हुँदा नेप्से घटेको छ । सोमबार उत्पादनमूलक उपसूचक सर्वाधिक ०.५२ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ०.३४ प्रतिशत र विकास बैंक उपसूचक ०.३१ प्रतिशतले वृद्धि भएको छ ।

आइतबार ९० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आजको दिन २६६ स्टकको २० हजार १५८ पटकको कारोबारमा ७२ करोड ४९ लाख रुपैयाँ बराबरको २३ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!