सामाजिक फीड-
जनकपुरधाम, जेठ १ गते ।
बाराको कलैयाबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना हुँदा ३१ यात्रु घाइते भएका छन् ।
बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भएर चितवनको खैरानी नगरपालिका ८ पर्सा बजारमा गएराती दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय खैरहनीले जनाए अनुसार बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ।