Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, बैशाख ३० गते ।

कथित उपल्लो जातसित बसेर भोज खाएको भन्दै महोत्तरीमा भोज खाएको निहुमा एक दलित किशोर कुटिएका छन् ।

महोत्तरीको गौशाला नगरपालिका– १ रामनगरको बानटोल निवासी १६ वर्षीय अविनास पासमानमाथि कुटपिट भएको हो । आफ्नै वडामा सुरतन यादवको आमाको श्राद्धमा यादव र महतोको लाइनमा बसेर भोज खाएको निहुँमा पासमान कुटिएका हुन्।

स्थानीय ४० वर्षीय रामविनेक यादवले कुटपिट गरेका भन्दै पीडित बालकले प्रहरीमा निवेदन दिएका छन्। टेन्टको काम गर्न मजदुरको रुपमा सुरतन यादवको घरमा खटिएका अविनासलाई भोक लागेपछि अन्य जातिको लाइनमा बसेर खाना खाएको झोंकमा गत वैशाख २६ गते रामविनेक यादवले कुटपिट गरेका हुन्।

अविनासले वैशाख २७ गते नै ईलाका प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरीले २९ गते रामविनेक यादवलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलिपकुमार गिरीले घटनाको अनुसन्धान हुने बताए। उनले तत्काल निवेदनको आधारमा आरोपीलाई पक्राउ गरिएपनि जाहेरीसमेत आउनुपर्ने बताए।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *