११ असोज, जनकपुरधाम। आज दशैंको दोस्रो दिन अर्थात् द्वितीया हो। मधेशमा झिझिया बडो हर्ष उलाशका साथमा मनाईने गर्छ। झिझिया एउटा संस्कृतिक नृत्य जसमा महिलाद्वारा टाउकोमा माटोको गाग्री राखी र गाग्री भित्र दियो बालि नृत्य गर्ने पौराणिक परम्परा रहेको छ।

आजको आधुनिक युगमा झिझिया नृत्य विलुप्त हुदैं गएको छ। तर जनकपुरको केहि उर्जावान युवाहरुको समुह द्वारा बिगत ३ वर्ष देखि झिझिया नाईट कार्यक्रमको आयोजना हुदैं आयेकोक छ। यसपाली पनि जनकपुर युथ नेटवर्कका युवाहरु द्वारा झिझिया नाईट कार्यक्रमको आयोजना भईरहेको छ। यहि शनिबार १५ गते जानकी मन्दिरको प्रांगणमा कार्यक्रमको आयोजना हुन गईरहेको छ। कार्यक्रममा विभिन्न महिलाहरुको समूहद्वारा झिझिया नृत्य प्रदर्शन र साथै संस्कृतिक कार्यक्रमको आयोजना हुदैं छ।
जनकपुर युथ नेटवर्कलाई उर्जा र सहयोग गरि दिनका लागि बैंक आफ काठमाडौँ , जनकपुर शाखा लाई बिशेष धन्यवाद दिदै युवाहरु कार्यक्रमको तयारीमा जुटेको छ।
