सामाजिक फीड-
जनकपुरधाम, बैशाख २८ गते ।
सर्लाहीमा शरीर र टाउको अलग भएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
भारत बिहार सितामढी ग्रामपञ्चायत सोनबरसा –९ बस्ने सिकु भनिने २८ वर्षीय शेखर सुमनको शव फेला परेको हो ।
सर्लाहीको हरिपुर्वा नगरपालिका १ पथरा पुल भन्दा ५ सय मिटर पर झाडीमा बुधबार साँझ करिब ६ बजे झाडीमा टाउको देखेपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए । प्रहरी पुग्दा युवकको घाँटी पूर्णरुपमा छिनाएर टाउको र शरीर २०÷२५ मिटरको दुरीमा फालिएको अवस्थामा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी कैलास राईले जानकारी दिए ।
घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लगिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी राईले जानकारी दिए ।