Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, बैशाख २८ गते ।

विसं २०६२–०६३ को जनआन्दोलनका ज्युँदा सहिद बनेपाका मुकेश कायस्थको निधन भएको छ। ‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ साढे ७ बजे निधन भएको हो ।

जनआन्दोलनका क्रममा २७ चैत २०६२ मा प्रहरीले चलाएको गोली कायस्थको कञ्चटमा लागेको थियो।

गोलीका कारण उनी अचेत बनेका उनलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो।

बनेपाको विद्यासागर बोर्डिङ्ग स्कुलका विद्यार्थी मुकेशलाई गोली लागेपछि उनले आफ्नो अध्ययनलाई अगाडि बढाउन सकेनन्।

गोलीका कारण उनलाई पक्षघात भएको थियो, जसका कारण त्यसयता उनी हिँडडुल समेत गर्न सक्दैनथे।

बनेपामा भएको सो गोलीकाण्डमा आन्दोलनमा सहभागी अर्का युवा शिवहरि कुँवरले सहादत प्राप्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *