Samajik Feed – News Portal from Nepal

२७ वैशाख, विराटनगर । विराटनगरमा युवाहरु नागरिकता सम्बन्धी ऐनको माग गर्दै सडकमा सुतेका छन् ।
विराटनगरको कोशी राजमार्गमा जन्मसिद्ध अधारमा नागरिकता लिएका नागरिकका सन्तान नागरिकता सम्बन्धी कानुनको माग गर्दै सुतेका हुन् ।
उनीहरुले तत्काल नागरिकता सम्बन्धी विधेयक पास गरी नागरिकता पाउने वातावरण बनाउन माग गरे । युवाहरु कानुनको अभावमा आफूहरुले नागरिकता नपाएर अनागरिक बन्नु परेको भन्दै सडकमा सुतेका थिए ।
सडकमा नागरिकता नभएका कारण बाच्नकै लागि समस्या भएपछि सुतेर आन्दोलन गर्नु परेको विराटनगर महानगरपालिका – ८ का सागर विश्वासले बताए ।
रोजगारीबाट नागरिकता नहुँदा बन्देज भएपछि सडक संघर्षमा उत्रिनुपरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *