Samajik Feed – News Portal from Nepal

सामाजिक फिड-
जनकपुरधाम, बैशाख २४ गते ।

सर्लाहीमा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भारतीय गाडीको ठक्करबाट हरैयामा एक युवक र मोटरसाइकलले ठक्कर दिँदा हरिपुर्वामा एक वृद्धको मृत्यु भएको हो ।

हरिपुर नगरपालिका–४ हरैयामा शनिबार राति भारतीय बीआर ३० ए २७२१ नम्बरको गाडीले ठक्कर दिँदा चन्द्रनगर गाउँपालिका–१ मोहनपुरका २२ वर्षीय पप्पु बैठाको मृत्यु भएको हो।

भरतीय डीजे गाडीको ठक्करबाट गम्भीर घाइते भएका बैठाको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि गाडी चालक सर्लाहीकै कविलासी नगरपालिका–७ गैरका नागेन्द्र कुशवाहा फरार छन्।

त्यसैगरी सर्लाहीकै हरिपुर्वा नगरपालिका–५ मा गएको बुधबार भारतीय बीआर ३० के ५२१२ नम्बरको मोटरसाइकलको ठक्करबाठ सख्त घाइते भएका वृद्धको उपचारका क्रममा शनिबार मृत्यु भएको छ।

दुर्घटनामा घाइते हरिपुर्वा–८ का ६० वर्षीय रामउगर राय यादवको उपचारका क्रममा बर्दिवासको एक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुबै घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!