सामाजिक फिड-
जनकपुरधाम, बैशाख २३ गते ।
जनकपुरको एक पोखरीमा डुबेर एकै परिवारका दुई बालकको ज्यान गएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अंसारीका जुम्ल्याहा द्वय ९ वर्षीय मोहमद अल्कामा अंसारी र मोहमद अब्दुल अंसारी रहेको ज्यान गएको हो ।
शनिबार साँझ करिब सवा ७ बजेको समयमा वडा नं. –२४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा दुबै बालक डुबेका थिए ।
प्रहरी टोलीले दुबै बालकलाई पोखरीबाट निकालेर उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा लगेको थियो ।
राति ८ बजे दुबै बालकलाई चिकित्सकले मृत घोषणा गरेको
धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए ।
मृतक बालकद्वयको शव अस्पतालमै रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।