काठमाडाैँ, २० वैशाख । बुधबार सुनको मूल्य बढेको छ । सुनको भाउ तोलामा एक हजार ८ सय रुपैयाँले बढेको हो । सुनको मूल्य एक लाख १० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको भाउ तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँ थियो ।
गएको चैत २२ गते सुनको भाउ अहिलेसम्मकै उच्च भएको थियो । २२ गते सुनको मूल्य तोलामा एक लाख ११ हजार रुपैयाँमा पुगेको थियो । त्यस्तै, बुधबार चाँदीको भाउ पनि बढेको छ ।
तोलामा २० रुपैयाँले बढेर तोलाको एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।