Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, १८ वैशाख । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा‍. महावीर पुनबीचमा सातबुँदे सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र आविष्कार केन्द्रका अध्यक्ष पुनले सोमबार सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार सरकारले आविष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउने छ ।

त्यस्तै, अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेछ । कोषको व्यवस्थापन तथा सञ्चालनका लागि सरकारले ६० दिनभित्र विधेयकको मस्यौदा तयार पार्ने छ भने संघीय संसदको आउँदो अधिवेशनबाट विधेयक पास गरिनेछ ।

अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारलाई प्रबर्द्धन गर्न आवश्यक नीतिगत, कानुनी एवं संस्थागत प्रबन्ध गर्ने, आविष्कारबाट उत्पादित वस्तु तथा सेवालाई आवश्यक पर्ने अनुमतिका साथै लाइसेन्ससँग सम्बन्धित कानुनी सुधारमा सहजीकरण गर्ने पनि सहमति भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *