Skip to main content

१७ वैशाख, जनकपुर । नेप्से परिसूचक १९.११ अंकले घटेर बन्द भएको छ। गत हप्ताको बुधबारदेखि ओरालो लागेको नेप्सेले आजको दिन सोहि गतिलाई निरन्तरता दिएको हो।

नेप्से १९.११ अंक घटेर १८७०.६५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.९५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक घटेको छ।

आज शेयर बजार ओरालो लागेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ७३ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७१ स्टकको २६ हजार ८०१ पटकको कारोबारमा ९५ करोड ४३ लाख २२ हजार रुपैयाँ बराबरको ३२ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *