Samajik Feed – News Portal from Nepal

सामाजिक फिड-
जनकपुरधाम, बैशाख ८ गते ।

सिरहामा विषालु सर्पले टोक्दा ४ वर्षीय बालकको मृत्यु भएको छ। गोलबजार नगरपालिका-८ भाइजिका श्याम साहका ४ वर्षीय छोरा अविनासको मृत्यु भएको हो ।

उनलाई बिहीबार आफ्नै घरमा खेल्दै गरेको अवस्थामा सर्पले टोकेको थियो ।
उपचारमा ल्याउन ढिला गर्दा बालकको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन्।

सर्पको टोकाइबाट सिकिस्त भएका बालकलाई उपचारका लागि सुरुमा सिरहाको चोहवास्थित नेपाली सेनाको श्री बहादुर शेर गण पुर्‍याइएको थियो।

त्यहाँ उपचार समभव नभएपछि थप उपचारका लागि उनलाई सिरहाकै कर्जन्हामा रहेको फूलकुमारी अस्पताल लगिएको थियो। तर उपचार गर्दागर्दै बालकको मृत्यु भएको स्थानीयसमेत रहेका पत्रकार रामभरोसी यादवले जानकारी दिए। 

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *