Skip to main content

६ वैशाख, जनकपुर । नेप्से चारदिन देखि घटिरहेको शेयर बजार पाचौ दिन दोहोरो अंकले बढेर बन्द भएको छ। २०८० सुरु भएपछि लगातार घटेको बजार परिसूचक नेप्से बुधबार भने बढेर बन्द भएको हो। आज सेयर बजार नेप्से परिसूचक १५.१३ अंकले वृद्धि हुँदा १९२०.१२ अंकमा बन्द भएको हो । त्यस्तै सेन्सेटिभ इण्डेक्स २.८५ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंक बढेको छ।

बुधबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आजको दिन कालिञ्चोक दर्शन र मोलुङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने सामलिङ पावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *