Samajik Feed – News Portal from Nepal

सामाजिक फिड

जनकपुरधाम, बैशाख ६ गते ।

जनकपुरधामबाट अनलाइन ठगीमा संलग्न रहेको आरोपमा पक्राउ गरेका २३ जना मध्ये २ जना विरुद्ध प्रहरी  मुद्दा प्रकृया अघि बढाएको छ ।

प्रहरीले गत चैत २० गते जनकपुरधामको पिराडी चौकबाट अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा २३ जनालाई नियन्त्रणमा लिएको थियो ।

२ जनामाथी मुद्दा प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

सत्यानन्द राम र विजय सिंहमाथी राष्ट्र बैंक कसुर अन्तर्गतको मुद्दा चलाइएको उनले बताए ।

बाँकी २१ जनालाई तारिखमा छोडिएको प्रवक्ता गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!