Samajik Feed – News Portal from Nepal

सामाजिक फिड-
जनकपुरधाम, बैशाख ४ गते ।

जाकपुरधाम स्थित राजर्षि जनक विश्वविद्यालयको उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्तिको प्रक्रिया अघि बढाएको छ । उपकुलपति हुन योग्य व्यक्तिबाट सरकारले दरखास्त आह्वान गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी इच्छुक व्यक्तिले यही वैशाख ९ गतेभित्र दरखास्त दिन भनेको छ ।

दरखास्त मन्त्रालयको कोठा नम्बर ४०७ मा वा मन्त्रालयको इमेल ठेगानामा पठाउन सकिन्छ ।

उपकुलपतिका लागि मान्यता प्राप्त कुनै विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गरेको, उच्च शिक्षाको क्षेत्रमा प्राध्यापक पदमा रही काम गरेको, संस्थागत स्वार्थ नबाझिएको, नेपाली नागरिक भएको लगायतका न्युनतम योग्यता तोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!