Samajik Feed – News Portal from Nepal

१ बैशाख, जनकपुर । एक वर्षमा मधेस प्रदेश सरकारले ४५ करोड भन्दा बढिको गाडी खरिद गरेको छ। महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को ६०औँ वार्षिक प्रतिवेदनमा सातवटै प्रदेशमध्ये सबभन्दा बढि मधेस प्रदेश सरकारले ४५ करोड ३१ लाख रुपैयाँको गाडी खरिद गरेको उल्लेख छ ।

बागमती प्रदेशले ३० करोड ८ लाख, लुम्बिनी प्रदेशले २५ करोड ७३ लाख, कोशी प्रदेशले २१ करोड ७५ लाख, गण्डकी प्रदेशले ९ करोड २२ लाख, कर्णाली प्रदेशले ६ करोड ८७ लाख र सुदूरपश्चिम प्रदेशले १ करोड ५५ लाखसहित १ अर्ब ४० करोड ५१ लाखको सवारीसाधन खरिद गरेको छ ।

सवारीसाधन खरिदबिक्रि गर्न २०७७ को दफा ७ (१) अनुसार नेपाल सरकार अर्थ मन्त्रालयको पूर्व स्वीकृति लिएर मात्र सवारीसाधन खरिद गर्न सकिने व्यवस्था छ ।

सवारी साधन खरिद गर्दा कतिपय कार्यालयले मापदण्डको पालना नगरेको नदेखिँदा मापदण्डको पालना गरी सवारी साधन खरिदमा मितव्ययिता कायम गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *