२९ चैत, जनकपुर । रौतहटको मेयर उम्मेदवार दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद उग्र रुपलिई प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् ।
झडपमा परेर गरुडा-५ का गजेन्द्र साह गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाइ फायर गरेको थियो ।