२८ चैत, जनकपुर । चैत्र महिनाको प्रभाव कम भएसंगै शेयर बजारमा सुधार आएको छ। आज मंगलबार नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेर बन्द भएको छ। सोमबार सामान्य अंक बढेर बन्द भएको बजार आजको दिन साढे १ प्रतिशत बढेको हो।
नेप्से परिसूचक २७.३१ अंक बढेर १८७१.३३ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ५.७९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८७ अंक बढेर बन्द भएको छ।
आजको शेयर बजारमा २६२ स्टकको ३५ हजार २३७ पटकको कारोबारमा ९४ करोड ५२ लाख ४९ हजार रुपैयाँ बराबरको ३३ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।