Samajik Feed – News Portal from Nepal

सामाजिक फिड-
जनकपुरधाम, चैत २७ गते ।

महोत्तरीमा चोरीको मोटरसाइकलसहित एक जनप्रतिनिधिका छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ३ रघुनाथपुर बस्ने १९ वर्षीय सुजित कुमार सहनी रहेका छन् ।

पक्राउ परेका सहनी सोनमा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष रामप्रमोद सहनीका छोरा हुन् ।

सहनीलाइ गौशाला नगरपालिका–२ निगौल चोकबाट चेकजाँचको क्रममा चोरीको ज.७ प १२१४ नम्बरको रातो रंगको अपाचे मोटरसाइकल सहित नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज कुमार यादवले जानकारी दिए ।

सो मोटरसाइकल गौशाला नगरपालिका–५ शिवभक्ति खोरस्थितबाट चोरी गरेर ल्याएको बयान दिएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सहनीमाथि आवश्यक अनुसन्धान समेत भईरहेको ईलाका प्रह्री कार्यालय गौशालाले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!