Samajik Feed – News Portal from Nepal

सामाजिक फिड-
जनकपुरधाम, चैत २६ गते ।

सप्तरीमा कारले मोटरसाइकलमा ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । बुबा गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ९ बगाटोलका ३६ वर्षीय ध्रुब बस्नेतका १० वर्षीया छोरी एंजिला बस्नेत छन् । मोटरसाइकल चलालक मृतक बालिकाकी बुबा ध्रुव भने गम्भीर घाइते भएका हुन् ।

आइतबार दिउँसो सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजार स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदैगरेको बा ३ च ५२९३ नम्बरको कारमा विपरीत दिशातर्फबाट आउदै गरेको को १५ प १९१ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो ।

बुबा ध्रव चलाइरहेको मोटरसाइकलमा छोरी एंजिला पछाडि सावार थिइन् । गम्भीर घाइते बुबा छोरीको छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा उपचार भइरहेकोमा सवा ३ बजे बालिका एंजिलाको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!