७ असोज, जनकपुरधाम। जिल्ला धनुषा लाखौरी गा.वि.सं. का ५२ वर्षीय देवानन्द झाले मधेश स्वास्थ्य बिज्ञान प्रतिष्ठान माथि उच्य रिट दर्ता गर्नु भएको छ। देवानन्द झा कानुनी सल्लाहकार हुन्। देवानन्दले अवैध नियुक्ति पत्र उत्प्रेषणको आदेश बदर गरि कानुन बमोजिम नियुक्ति गर्नका लागि परमादेशको आदेश प्रदान गरि पाउँ भनि रिट दर्ता गराएका छन्।
मधेश स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा केहि दिन पछाडी कर्मचारी नियुक्तिका लागि रिक्तता निस्काशन गरिएको थियो। तर नियुक्तिको विषयमा कुरा गर्ने हो भन्ने विगत १ वर्ष देखि प्रतिष्ठानले कानुन बिपरित नियुक्ति गर्दै आएको छ। आफ्नै नातेदारहरु लगायत विभिन्न पैसा को चलखेल गरि नियुक्ति गर्ने जस्ता आरोपहरु प्रतिष्ठान माथि लागि रहेको हुन्छ।

प्रतिवादीहरुको नाम यसप्रकार रहेका छन्
१. मधेश प्रदेशमा अवास्थिथ मधेश स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कार्यालय
२. मधेश प्रदेश स्वास्थ्य बिज्ञान प्रतिष्ठान जनकपुरका उप कुलपती प्रध्यापक डा. राम केवक साह
३. मधेश प्रदेश स्वास्थ्य बिज्ञान प्रतिष्ठान जनकपुरको अवैध रजिष्ट्रार डा. विनोद कुमार यादव
प्रस्तुत निवेदन सहित मिसिल संलग्न कागजात अध्यन गरि निवेदक तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री नगेन्द्र लाल कर्ण, श्री देवेन्द्र ठाकुर निराल, श्री श्याम कुमार मिश्रले गर्नु भएको बहस जिकिर समेत सुनिएको छ।