२२ चैत, जनकपुर । कुमारी बैंक जनकपुर ब्रान्चबाट एउटा ग्राहकको चार लाख रुपैयाँ खाताबाट गायब भएको आरोप लगाएका हुन् । जनकपुरधाम उपमहानगरपालिका वडा -१९ शिवपुरको नारायण शर्मा कुमारी बैंकमा जम्मा गरेको चार लाख रुपैया गायब भएको र शर्मा गत फागुन २२ गते बैंकमा ४ लाख रुपैया जम्मा गरेको थियो।
शर्मा गत फागुन २२ गते बैंकमा ४ लाख रुपैयाँ जम्मा गरेका थिए । होलीको बिदा रहेका बेला २४ र २५ गते पटक-पटक गरी खल्ती र आईएमई पे नामक बैंकिङ एप्समार्फत् रकमान्तर भएको बैंकले उपलब्ध गराएको स्टेटमेन्टमा देखिएको छ
अमित कुमार यादव नाममा रहेको खल्ती एप्स आईडीबाट २५ हजार, २५ हजार गरि पैसा झिकिएको देखिएको त्यस्तै जनक भण्डारी बुध नाम गरेको खल्ती एप्स आईडीबाट समेत पैसा झिकिएको देखिएको छ। रकम फिर्ता गर्न बैंक खासै ध्यान नदिएको शर्मा बताएका हुन्।
जिल्ला प्रहरी कार्यलयमा निवेदन दिएको र त्यहाबाट केहि कार्यान्यन नभएको शर्मा असन्तुस्टी राखिएको छ। बैकले भने रकम चोरी भएको विषयमा आफूहरू अनुसन्धान गरिरहेकाले केही समय लाग्ने बताउँदै आएको शर्माले बताएका छन् ।