सामाजिक फिड-
जनकपुरधाम, चैत २२ गते ।
यातायात व्यवस्था कार्यालय वीरगञ्जबाट एकैदिन १० जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका-१२ का २५ वर्षीय आलोक कुमार यादव, वडा नम्बर १३ का ४५ वर्षीय किशोर कुमार दयाल, वडा नम्बर १५ का ४० वर्षीय दिपलाल साह, त्यही वडाका ४६ वर्षीय, वडा नम्बर ३ का ३७ वर्षीय रन्जित गुप्ता, वडा नम्बर ११ का २३ वर्षीय लालबाबु महत्तो, त्यही वडाका ४५ वर्षीय राजेश लामा रहेका छन्।
यस्तै पर्साको कालिकामाई गाउँपालिका-४ का ४० वर्षीय राजेश महतो , बाराको परवानीपुर गाउँपालिका-५ का ४५ वर्षीय दरोगा दास र बाराकै प्रसौनी गाउँपालिका-६ का ३० वर्षीय मुकेश साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।
कार्यालयमा आउने सेवाग्राहीलाई काम छिटो छरितो गराइदिने प्रलोभनमा पारेर रकम असुल्ने र कार्यालयका फाइल बोकेर हिँड्ने कार्यमा संलग्न १० जना बिचौलियालाइ मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब निर्मल बुढाथोकीका अनुसार, यातायात कार्यालयमा बिचौलीयाहरूले सेवाग्राहीलाई विभिन्न प्रलोभन र बहानामा हैरान पारेको गुनासो आएपछि मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट अनुगमनका लागि टोली खटिएको थियो।