Samajik Feed – News Portal from Nepal

सामाजिक फिड-
जनकपुरधाम, चैत २२ गते ।

मालपोत कार्यालय धनुषाबाट एकजना बिचौलिया पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको जनकनन्दिनी गाउँपालिका–४ बस्ने ५० वर्षीय राम बिनोद साह रहेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो करिब २ बजे साहले स्थानीय राम नारायण महतोको श्रीमती भुलिया देवीलाई जग्गा पास गराइदिन्छु भनि ६ हजार ९ सय रुपैयाँ घुस लिएको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

साहलाई नगदसहित मालपोत कार्यालयबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!