सामाजिक फिड-
जनकपुरधाम, चैत २० गते ।
अनलाईनबाट ठगी गरेको आरोपमा जनकपुरधामबाट २३ जना पक्राउ परेका छन् ।
सोमबार साँझ पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पिडारी चोकमा फ्ल्याट भाडामा लिएर उनीहरुले अनलाइन ठगीको काम गरिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
पक्राउ पर्नेमा १४ पुरुष र ९ जना महिला रहेका छन् ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।