Samajik Feed – News Portal from Nepal

सामाजिक फिड-
जनकपुरधाम, चैत १९ गते ।

१५ हजार रुपैयाँ घुससहित बाराबाट कर्मचारी र लेखापढी कानून व्यवसायी पक्राउ परेका छन् ।
मालपोत कार्यालय बाराको राजश्व फाँटमा कार्यरत रामविश्वास साह कानु र लेखापढी कानून व्यवसायी गौरीशंकर कुशवाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको हो ।

जग्गा रजिष्ट्रेसन पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटालो बाराको कलैयामा स्ट्रिङ अप्रेसन सञ्चालन भएको पुष्टी गरे । उनले १५ हजार घुस रकम सहित दुईजनालाई पक्राउ गरिए पनि विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!