१९ चैत, जनकपुर । नेप्से परिसूचक २० अंकले घटेर बन्द भएको छ। पहिलो सातामा कारोबार दिन अर्थात् गत बिहिवार १० अंक घटेर बन्द भएको, आज २० अंकले घटेर १८८८.५५ बिन्दुमा पुगेको छ।
आज आईतबार सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भन्ने फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोेट इण्डेक्स १.३३ अंक घटेको छ। नेप्से घटेपनि आज कारोबार रकम बढेको छ। बिहिबार करिब १० करोड शेयर कारोबार भएको बजारमा २६० स्टकको ३२ हजार ४१४ पटकको कारोबारमा १ अर्ब २० करोड ७१ लाख रुपैयाँ बराबरको ३७ लाख ८७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।