Samajik Feed – News Portal from Nepal

सामाजिक फिड-
जनकपुरधाम, चैत १७ गते ।

धनुषाबाट श्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका २ का ५५ वर्षीय जोगिन्द्र यादव र वर्ष १९ का कृष्ण साह छन् ।

बिहीबार अपराहन्न ४ बजेको समयमा धनुषाको जनकनन्दनी गाउँपालिका ५ बनरझुल्लाबाट दुवैजनालाई रकमसहित पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार भारतको जयनगरबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश नं.२–०२–००३ प ७०४५ नम्बरको मोटरसाइकल चेक जाँच गर्ने क्रममा दुबैजनाको साथबाट १४ लाख श्रोत नखुलेको रकम बरामद गरिएको हो ।

मोटरसाइकल चालक जोगिन्द्रको साथबाट १० लाख र पछाडि सबार कृष्णको साथबाट ४ लाख रुपैयाँ सहित पक्राउ गरी अुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *