सामाजिक फिड-
जनकपुरधाम, चैत १६ गते ।
सर्लाहीमा मोटरसाईकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लालबन्दी नगरपालिका १७ बस्ने अन्दाजी २५ वर्षीय प्रमेश्वर महतो र ४० वर्षीय चरित्र बहादुर काफ्ले छन् । महतो मोटरसाइकल चालक हुन् भने काफ्ले पछाडि सवार थिए ।
आज अपराहन्न ४ बजेको समयमा हरिपुर्वा नगरपालिका –३ धनकौल स्थित भित्रिबाटोमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुबैजनाको घटना स्थलमै मृत्यु भएको हो । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।