Samajik Feed – News Portal from Nepal

१२ चैत्र,जनकपुर। साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। आज आइतबार नेप्से २६.८७ अंकले घटेर १८८८.२७ विन्दुमा झरेको छ। नेप्सेमा १.४० प्रतिशतको गिरावट हो।

नेप्सेमा २५९ स्टकको ३२ हजार १६८ पटकको कारोबारमा १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको ३७ लाख ५४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार, नेप्सेमा १ अर्ब ४१ करोडको शेयर कारोबार भएको थियो।

आजको दिन नेप्सेमा सबै उपसूचकको मूल्यमा गिरावट आएको छ । म्युचुअल फण्ड र लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।घट्दो बजारमा पनि आइतबार माया खोला हाइड्रो र एसियन हाइड्रोको मूल्य भने सकारात्मक सर्किट लेवलमा बढेको छ । कालिञ्चोक दर्शन प्रालिको समेत मूल्य धेरैले बढ्यो ।

कारोबारमा आएका ४ लघुवित्तको शेयरमूल्य आजको दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जीवन विकास लघुवित्त, जाल्पा लघुवित्त, युनिक नेपाल लघुवित्त र महिला लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!