६ असोज, जनकपुरधाम। हिजो राति करिब ९ बजे जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर ४ मा बस्ने सुमित कुमार यादव आफ्नो साथीहरु सँग मोटरसाइकलमा बसी घर तर्फ फर्किदै थिए।
घर फर्किने क्रममा उनको घर नजिकै २ वोटा प्रहरीले उनको मोटरसाइकल रोकी गाडीको कागज र लाईसेन्स माग्दै हप्काएका थिए। टोलका व्यक्तिहरुका अनुसार प्रहरी रक्सि खाई धुत थिए। सुमित सँग उसको लाईसेन्स थिएन। प्रहरीले सुमित लाई लठ्ठी लिएर अध्मर्ण अवस्थामा कुटेका छन् । उनको आमा आफ्नो छोरा सुमितलाई बचाउन जाँदा प्रहरीले उनलाई पनि हेल्मेट बाट टाउकोमा प्रहार गरि घाईते बनाएका छन्।
दुईटै आमा छोराको अहिले प्रदेसिक अस्पताल जनकपुरधाममा उपचार भईरहेको छ।