Samajik Feed – News Portal from Nepal

८ चैत्र,जनकपुर। सगरमाथा हाइड्रोपावर कम्पनी लिमिटेडले (आईपीओं ) बिक्रि खुला गरेको छ। कम्पनीले ८ चैत्र बुधबारदेखि सर्वसाधारका लागि (आईपीओं) खुला गरेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट पश्चात् सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेकेा छ ।

नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पुँजी एक अर्ब १२ करोड रुपैयाँको ४९ प्रतिशतले हुन आउने ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये जारी पुँजीको १० प्रतिशत प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरी बाँडफाँट गरिसकेको छ । सर्वसाधारणको लागि जारी पुँजीको ३९ प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका निष्कासन गरी बाँडफाँट गरिसकेको छ । ५ प्रतिशत सामूहिक लगानी कोषहरूका लागि र ३ प्रतिशत अर्थात एक लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ

उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!