समाजिक फिड-
जनकपुरधाम, चैत ४ गते ।
गर्मी सुरु भएपछि धनुषाको नगराराइन नगरपालिकाले नागरिकलाई फाइबर सिरक बाँड्न थालेका छन् । वडा. नं. ७ का जेष्ठ नागरिक, दलित विपन्न तथा अपांगलाई नगरपालिका कार्यालयले सिरक वितरण गरेको हो ।
शुक्रबार वडाका २०० भन्दा बढी नागरिकलाई सिरक वितरण गरिएको वडाध्यक्ष सूर्यनारायण साहले जानकारी दिए । वडाको अनुमानित सात लाख बजेटबाट ३०१ जेष्ठ नागरिक, दलित एवं अपांगलाईलाई वितरण गर्ने काम भइरहेको छ ।
लामो विवादको कारण माघ १८ गते नगरसभा नै भएको कारण विनियोजित बजेटबाट सिरक वितरण गर्न ढिलो भएको उनको भनाइ छ । प्रति सिरक २ हजार २ सयको दरले खरिद गरिएको वडाध्यक्ष साहले बताए ।