Samajik Feed – News Portal from Nepal

१ चैत्र , जनकपुर। नेप्सेमा यस सातामा नेप्से दुई दिन घटेर मंगलबार एक अंकको वृद्धि भएको थियो। आज बुधवार पुन : ओरालो लागेको छ। बुधबार बजार परिसूचक नेप्से १४.४४ अंकले गिरावट हुँदा १९३८.६२ अंकमा बन्द भएको छ ।

नेप्से घटेपनि कारोबार रकम समन्य रहेको छ। आजको दिन २५३ स्टकको २५ हजार ४९१ पटकको कारोबारमा १ अर्ब २० करोड २१ लाख रुपैयाँ बराबरको ३७ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज बजार घटेपनि २ कम्पनीको कारोवार बढेको छ। युनिक नेपाल लघुवित्त वित्तीय संस्था र शुभम पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। युनिक नेपाल लघुवित्तको शेयरमूल्य १३२ रुपैयाँ ५० पैसा बढेर १ हजार ४५८ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ त्यस्तै शुभम पावरको ४२ रुपैयाँ ६० पैसा बढेर ४६९ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ।

किसान लघुवित्त र बाराही हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!