Skip to main content

सामाजिक फिड-
जनकपुरधाम, चैत १ गते ।

सप्तरीमा १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक अभियुक्तलाई जिल्ला अदालत सप्तरीले जन्मकैद हुने फैसला गरेको छ ।

सप्तरीकै डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय चन्दनकुमार साहलाई अदालतले जन्मकैद सजाय सुनाएको हो ।

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले अभियुक्तलाई जन्मकैद हुने फैसला सुदाएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए।

अभियुक्त साहले बालिकालाई २०७८ फागुन २२ गते दिउँसो बलात्कार गरेका थिए। पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा घटनाकै दिन उजुरी दिएकी थिइन्। बुबाआमा ज्याला मजदुरीका लागि घरबाहिर गएको मौका छोपी आरोपितले घरदेखि पश्चिम रहेको पोखरीको डिलमुनि लगेर बलात्कार गरेको पीडितले बयान दिएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *