समाजिक फिड-
जनकपुरधाम, फागुन ३० गते ।
छोराको बिहेमा दाइजो लिएको आरोपमा नेहा चौधरीकी ससुरा महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का रामप्रवेश चौधरी पुर्पक्षका लागि जेल चलान भएका छन् ।
महोत्तरी जिल्ला अदालतको आदेशमा मंगलबार उनलाई जलेश्वर जेल चलान गरिएको प्रहरीले जनाएको छ । यसअघि दाईजो लिएको र थप दाईजो नदिँदा घरेलु हिंसा गरेको आरोपमा नेहाकी पत्ति डा. पंकज चौधरी जेल चलान भएका थिए ।
औरही नगरपालिका १ की नेहा र डा.चौधरीबीच तीन वर्ष प्रेम पश्चात २०७८ फागुनमा विवाह भएको थियो। विवाहमा नेहाकी परिवारले दाइजोमा २० तोला सुनका गहना र ५१ लाख नगद दिएको थियो। तर पनि दाइजो नपुगेको भन्दै ससुरा पक्षले अझैँ दाइजो ल्याउन यातना दिन थालेको नेहाले आरोप लगाई दाईजो र घरेलु हिंसा सम्बन्धि कसुरमा जिल्ला प्रहरी कार्यालयमा नेहाले जाहेरी दर्ता गराएकी थिइन् ।